मुख्य समाचार

श्रीमती हत्या आरोपित युवक कारागारभित्रै झुण्डिएर आत्महत्या

श्रीमती हत्या आरोपित  युवक कारागारभित्रै झुण्डिएर आत्महत्या

श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दोलखाका एक पुरुषले कारागार भित्रै आत्महत्या गरेको समाचार छ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले गएराती चरिकोट कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

अदालतको आदेशपछि शेर्पालाई हिजो मात्रै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । शेर्पाले कारागारभित्रै शौचालयको झ्यालमा जुत्ताको तुनामा झुण्डिएर आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिए।

मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नफर्किए पछि खोजतलास गर्दा साँढे १२ बजे शेर्पालाई शौचालयको झ्यालमा झुण्डिएर मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

शेर्पालाई दोलखा प्रहरीले पौष २० गते कर्तव्य गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । प्रहरीले मंगलवार मात्रै अनुसन्धान पुरा गरी जिल्ला अदालतमा बुझाएको थियो । शेर्पाकी श्रीमती लक्की भनिने सर्किनी शेर्पा पुस १६ गते चरिकोट स्थित आफ्नै कोठामा सलको पासो लगाई मृत अवस्थामा फेला परेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal