खेलकुद

धुर्मुस-सुन्तलीलाई क्रिकेट रंगशाला निर्माणमा साढे ३ करोड सहयोग

धुर्मुस-सुन्तलीलाई क्रिकेट रंगशाला निर्माणमा साढे ३ करोड सहयोग

धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै सहयोग जुट्न सुरु भएको छ ।आज घोषणा कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन् ।

जसमा एस ट्राभल्सले ३ करोड, अल्का हस्पिटलले २५ लाख, रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट ५ लाख दिने भएका छन् ।

साथै, वद्री पंगेनी एकलाख १ हजार १११, प्याब्सनकी दिपिका थापाले एक लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमबाट एक लाख, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १/१ लाख सहयोग गर्ने घोषणा गरेका छन्

रंगशालालाई झण्डै साढे तीन करोड सहयोगको प्रतिवद्धता आएको फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal