मुख्य समाचार

११ हजार भोल्टेजको करेन्ट लागेेेेपछि यस्तो थियो ‘कृष्णको अवस्था’

११ हजार भोल्टेजको करेन्ट लागेेेेपछि यस्तो थियो ‘कृष्णको अवस्था’

रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, जसले हरेक नेपालीलाई रुवाउँछ । २१ बर्षका कृष्ण र रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर २ वटा हात र एउटा खुट्टा गुमाउनुपर्यो ।

सानैमा बाबाले छोडेका कृष्णको आमाले पनि अर्को पुरुषसँग घरजम गरिन्, मामाघरको हजुरआमाले नै उनलाई हुर्काईन्। तर जवरब यस्तो दुखद घटना घट्यो । जुुुुनबेला उनी जीवन मरणको दोसाधमा थिए । तरपनि उनि मृत्युलाई जितेर बाँचे ।

उनले हातखुट्टा गुमाएरै भएपनि मृत्युलाई त जिते तर उपचारमा ७० लाख भन्दा बढि खर्च भएपछि ऋण बोझ आईपर्यो ।

तर, पछिल्लो समय एक युट्युव च्यानलमा उनको दुखान्त कथा बाहिर आएपछि उनलाई सहयोगको ओईरो नै लाग्यो ।
कृष्ण वलि सहयोग अभियान बिश्वव्यापी बन्यो ।

हालसम्म उनलाई कृतिम हात खुट्टटा राख्नको लागि झण्डै २ करोड सहयोग संकलन भएको बताईएको छ । जसमध्य करिब १ करोड सहयोग प्राप्त भएको छ भने बाँँकि प्राप्त हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal