मुख्य समाचार

खप्तड : स्वर्गको एउटा टुक्रा

खप्तड : स्वर्गको एउटा टुक्रा

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड स्वर्गको एउटा टुक्रा अनुपम सुन्दरताको खानी  नै हो । खप्तड हेर्दा मात्र सुन्दर छैन जहाँ जडीबुटी र निगालाका लागिसमेत चर्चित छ ।

अहिले हिउँको दृष्यले साँच्चै देव भुमि खप्तड‚ हिजो भूस्वर्ग हो भन्ने लाग्छ। खप्तडमा फाँटहरु‚ डाडाँ पाखा सबै बनेका सँरचनाहरु‚ पदमार्गहरु हिउँले ढाकेको छ ।

बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलको रुपमा रहेको खप्तडमा धार्मिक, आध्यात्मिक र पर्यावरणीय  दृश्य हरेक मौसममा घुम्न जाँदा ‘रहस्यमयी’ रुपमा देखाँ पर्ने गर्छ । महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैंसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरू आएको पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

करिब २ सय २५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्त्व यतिमै सीमित छैन । यस क्षेत्रमा विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, २ सय २६ किसिमका पक्षी, बाघ, भालुलगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेका छन् ।

सहस्त्रलिंग भएर आउने सोलिङ खोला, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला र दक्षिणबाट उत्तरतिर बगेर आउने गुप्तरूपी सरस्वती नदीको संगमस्थल त्रिवेणी नामले प्रसिद्ध छ ।

त्रिवेणीमा स्नान गर्दा इच्छित वर प्राप्त हुने र पापबाट मोक्ष हुने जनविश्वास छ । त्रिवेणीबाट सहस्त्रलिंग जाने बाटोमा सहस्त्रलिंग नजिकै उँचो ढिस्कोमा कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ । सहस्त्रलिंग आउँदाजाँदा यो मूर्तिको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूरा हुने मान्यता रहिआएको छ ।

तस्विर: रामज्वाेति बाेहरा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal