प्रवास

‘पुुष्पन र अमित’ पंछि लिएर कुुवेतको स्टेजमा

‘पुुष्पन र अमित’ पंछि लिएर कुुवेतको स्टेजमा

पंछी गीत गाएर पछिल्लो समय निकै चर्चामा आएका गायक पुष्पन प्रधान र नेपाल आइडलमा उनकै गीत गाएर चर्चामा आएका गायक अमित बराल कुवेतमा एकसाथ प्रस्तुति दिने भएका छन्।

नेपाल आइडलको टप ५ मा पर्न सफल भएका बराल र गायक पुुष्पन लुुम्बिनी समाज नेपाल कुुवेतको छैटौ वार्षिकोत्सवका अवसरमा हुन गइरहेको ‘लुम्बिनी मेघा म्यूजिक सो २०१९’ मा एकसाथ देखिने भएका हुन् ।

कार्यक्रम आगामी मार्च १५ तारिख शुक्रबारका दिन जीवीब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा हुुने कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी दिए।

प्रवासबाटै दुःखी, पिडित, समस्यामा परेकाहरुलाई मलम लगाउँदै सामाजिक गतिविधिमा सक्रिय कुवेतको लुम्बिनी समाजले केही नयाँ सन्देशसहित आफ्नो छैटौँ वार्षिकोत्सव मनाउन लागेको संयोजक पाल्पालीले जानकारी दिए।

कार्यक्रममा उनीहरुसँगै लोकदोहोरी गायिका शान्ता परियार पनि सहभागी हुुनेछिन्।

प्रतिक्रिया दिनुहोस