मुख्य समाचार

भोकभोकै गौशालाका गाई : ६ महिनामा १३ सय मरे

- मोहन बुढाऐर

भोकभोकै गौशालाका गाई : ६ महिनामा १३ सय मरे

घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६ महिनायता निरन्तर मरिरहेका छन् । ‘हरेक दिन गाई मरेको देख्दा मन रुन्छ, कामै छाडिदिऔं जस्तो पनि लाग्छ,’ गौसलाका हेरालु रतिलाल चौधरीले भन्छन् ।

गौशालामा उनीसहित ५ जना हेरालु छन् । उनीहरू हरेक बिहान सिनो तानेर भीरबाट मिल्काउँछन् । हालैको वर्षा र चिसोले दुई दिनमा १० गाई मरे । सिनोले जंगल क्षेत्र पूरै दुर्गन्धित छ । त्यो ठाउँ गाउँबाट करिब दुई किलोमिटर टाढा पर्छ । कतिपय बाच्छा जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् ।

‘बाघले राति काँडेतारभित्रै पसी गाईबाच्छा मारेर खान थालेको छ,’ रतिलाल भन्छन, ‘बाघ जहिलेदेखि पल्क्यो, उहिलेदेखि हामी गोठालाले पनि राति बस्न छोडेका छौं ।’ घाम ढल्किएपछि घरतिर लाग्ने उनीहरू बिहान १०/११ बजेतिर आइपुग्छन् । सिनो मिल्काउँछन् अनि बचेका गाई चराउन निस्कन्छन् । चौधरीले हेर्दै गरेको गौशालामा ७ सय ५० गाईगोरु रहेकामा अहिले १ सय २० वटा मात्र छन् ।

घोडाघोडी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि पूर्व–पश्चिम राजमार्गको सुखड बजारदेखि १५ किलोमिटर उत्तर चुरेको फेदीमा तीनवटा गौशाला स्थापना गरेको छ । सिस्नेरी तिनैमध्ये एक हो ।

नगरपालिकाले गाई जोगाउने उपाय खोजेको छैन । ‘जंगलमा चरन क्षेत्र सकिएको छ, गाईगोरुका लागि पर्याप्त आहार छैन । कठ्यांग्रिँदो चिसोमा खुला आकाशमा हुलेर राखिएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकासित छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal