प्रदेश

दलबलसहित भारतीय गाडी चढेर प्रदेशसभामा आए दीपक मनाङे

दलबलसहित भारतीय गाडी चढेर प्रदेशसभामा आए दीपक मनाङे

पोखरा – सोमबार सपथ लिएका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे मंगलबार गण्डकी प्रदेशसभाम आँउदा दलबलसहित भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए।

सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्डभित्रको पार्किङस्थलमा पुग्न पाउँछन् । भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो ? सांसदहरु नै आश्चर्यमा थिए । सुरक्षार्थ खटिएका प्रहरीले भने, ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्ने ?’

बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा एक सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।

मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् ।’ उनले अगाडि थपे ‘यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?’ भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले यसबारेमा आफूले अध्ययन गरिरहेको बताए । ‘यसबारे म पनि बुझ्दैछु । ठ्याक्कै थाहा भएन । मैले पनि कानुन हेर्नैपर्छ ।’ अनलाइन खबरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal