खेलकुद

आफ्नो देशले फुटबलमा हारेकाे फाेटाे रुँदै खिचिरहने फोटोग्राफर..

आफ्नो देशले फुटबलमा हारेकाे फाेटाे रुँदै खिचिरहने फोटोग्राफर..

आफ्नो देशको टिमले अन्य देशसँग खेलिरहँदा महसुस हुन्छ मान्छेको राष्ट्रिय भावना । त्यस्तै देशप्रेम र पराजयको प्रतिबिम्व एकजना फोटोग्राफरको अनुहारमा देखिएको छ । जुुुन तस्बिर अहिले भाईरल भईरहेको छ ।

एएफसी एसियन कप अन्तरगत प्रतिस्पर्धा गरिरहेको इराकको खेल फोटोमा कैद गरिरहेका थिए फोटोग्राफर मोहम्मद अल अजवीले । जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले, उनका आँखाबाट आँसुका धारा नै छुट्न थाले ।

तै पनि फोटो खिच्न भने छोडेनन् । उनै फोटोग्राफरले रुँदै फोटो खिच्दै गरेको अवस्थाको तस्बिर भाइरल भयो । तस्बिरमा मोहम्मद आँखाबाट आँसु चुहाउँदै खेलको फोटो खिचिरहेका छन् ।

यसले उनको देशप्रेम र पेशाप्रतिको लगाव प्रकट गरेको छ ।
मोहम्मदले आफ्नो पेशा र देशप्रेमको भाव एकैपटक दर्शाएको भन्दै धेरैले उनको प्रशंसा पनि गरेका छन् ।

एएफसी एसिया कप अन्तरगत कतारसँगको खेलमा इराकले १–० ले हार व्यहोरेको थियो । तर मोहम्मदको यस्तो अद्धितीय तस्बिर सार्वजनिक भएपछि भने उनलाई कतारकै खेलप्रेमीले समेत सान्त्वना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal