मुख्य समाचार

पारसलाई देख्ने बित्तिकै हिमानी यसरी भक्कानिएर रोईन्

पारसलाई देख्ने बित्तिकै हिमानी यसरी भक्कानिएर रोईन्

पूर्वयुवराज पारस शाहको तश्रोपटक हृदयघात भएपछि उनलाई भेट्दा पत्नि हिमानी मर्माहत भएकी छन् । स्रोतका अनुसार पारसलाई बिरामी अवस्थामा देख्ने बित्तिकै हिमानी भावबिह्वल हुदैँ रोएकी थिइन् ।

हृदयघात भएपछि पारसलाई सोमबार अपराह्न नर्भिक अस्पताल भर्ना गरिएको थियो । हिमानी र पारस लामो समयदेखि अलगअलग बस्दै आएका छन् । हिमानी सासु ससुरासँगै बस्छिन् भने पारस एक्लै । छोराछोरीसमेत आमा हिमानीसँग बस्ने गर्छन।

केही समयअघि अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमलसहित हिमानी र उनका छोराछोरी लामो समय पोखरा बस्न गएका थिए । तर, पासरलाई लगिएन । सम्पूर्ण परिवार पोखरा गएपछि पारस भने केही मिल्ने साथीभाइका साथ चितवनको सौराहा गएर बसेका थिए ।

यसअघि पनि उनलाई एकपटक बैंकक र एकपटक नेपालमै हृदयघात भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal