मनोरञ्जन

‘को बन्छ करोडपति’मा नयाँ लुक्समा देखिदै राजेश

‘को बन्छ करोडपति’मा नयाँ लुक्समा देखिदै राजेश

ब्रिटेनको चर्चित टेलिभिजन रियालटी शो ‘हुँ वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ १९ माघबाट प्रसारणमा आउँदैछ । शनिबार साँझ ८: ३० बजे एपिवान टिभीबाट प्रसारण हुने छ ।

यो कार्यक्रम नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले सञ्चालन गर्दैछन् र कार्यक्रमका लागि हमालले नयाँ लुक्स समेत बनाएका छन् । जुन लुक्स उनको आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । हेरस्टाइलका कारणले बेलाबेलामा चर्चा आउँने हमालको यो लुक्स अहिलेसम्मकै फरक छ ।

कार्यक्रम ‘को बन्छ करोडपति’ मा राजेशको नयाँ लुक्सका लागि आयोजकले केही नयाँ हेयर स्टाइल समेत सिफारिस गरेका थिए । तर राजेशले नयाँलाई विश्वास नगरेर पुरानैबाट लुक्स बनाएको बताइएको छ । ‘को बन्छ करोडपति’ एसआरबिएनले निर्माण गरेको हो ।

भारतमा ‘कौन बनेगा करोडपति’ त्यहाँका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् । बेलायतबाट सन् १९९८ मा सुरु भएको विश्वप्रसिद्ध कार्यक्रम ‘हँु वान्ट्स टु बी ए मिलिनेयर’ अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal