राजनीति

दीपक मनाङेले लिए सपथ : बने ‘माननीय राजीव’

दीपक मनाङेले लिए सपथ : बने ‘माननीय राजीव’

दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएपछि उनले खुशी व्यक्ति गरेेेेका छन्
तस्वीर : युनिस गुरुङ/अनलाइनखर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal