खेलकुद

क्रिकेटमा उदाउदै नयाँ ‘सन्दिप’

क्रिकेटमा उदाउदै नयाँ ‘सन्दिप’

घरेलु क्रिकेटमा लोभलाग्दो प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका ढक्ढक्याइरहेका युवा खेलाडी सन्दीप जोरा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ सदस्यका रूपमा सोमवारदेखि प्रवेश गरेका छन्।

नेपाली कप्तान पारस खड्काले उनलाई सोमवार युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अगाडि ‘डेब्यु क्याप’ दिएर मैदानमा स्वागत गरेका हुन् ।

पवन सर्राफ र ललित नारायण राजवंशीले पहिलो खेलमै टोलीमा प्रवेश पाएका थिए। भीम सार्कीले भने डेब्युका लागि कुर्नुपर्ने भएको छ।

जोरालाई सर्राफको स्थानमा खेलाइएको हो। शुरूका दुई खेलमा पवनले चार र आठ रन मात्र बनाउन सकेका थिए।

यद्यपि उनी १९ रन बनाएर आउट भएका छन्। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले कप्तान पारस खड्काको साथमा प्रभावशाली शुरूवात गरेका थिए।

उनले आफूले सामना गरेको चौथो बलमा इमरान हैदरलाई छक्का प्रहार गरे। त्यस्तै उनले असफाक अहमदको बललाई बाउन्ड्री बाहिर पठाएका थिए।

उनले पारससँगको चौथो विकेटका लागि ३० रनको साझेदारी गरेपछि आउट हुन पुगे। उनलाई इमरान हैदरले मोहम्मद उसमानबाट क्याच आउट गराएका थिए। २० बलको सामना गरेका उनले १९ रन बनाए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal