खेलकुद

पारसको एक दिवसीय क्रिकेटमा दोस्रो पटक अर्धशतक

पारसको एक दिवसीय क्रिकेटमा दोस्रो पटक अर्धशतक

कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक अर्धशतक बनाएका छन् ।सोमबार यूएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले अर्धशतक बनाएका हुन् ।

उनले ५० बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । अर्धशतक बनाउने क्रममा ९ चौका प्रहार गरे । कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्स विरुद्ध अर्धशत बनाएका थिए ।

नेदरल्यान्ड्सलाई दोस्रो खेलमा एक रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा टुंग्याउँदा कप्तान पारसले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal