खेलकुद

रोनाल्डोलाई २३ महिना जेल सजाय…

रोनाल्डोलाई २३ महिना जेल सजाय…

पोर्चुगलका विश्वविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूमाथि स्पेनमा लागेको कर छली मुद्दाको फैसला स्वीकार गरेका छन् ।

स्काइ स्पोर्ट्सका अनुसार २३ महिना जेल सजाय सुनाइएकोमा रोनाल्डोले भने जेलको साटो रकम तिरेका हुन् । अदालतले उनीमाथि कर छलीको अभियोगमा १९ मिलियन यूरो साथै २३ महिनाको जेल सजाय सुनाएको थियो । रोनाल्डोले स्पेनमा २४ महिनाभन्दा कम समयावधिको जेल सजाय भोग्नु नपर्ने कानूनको लाभ उठाउँदै जेल जान इन्कार गरेका हुन् ।

मंगलबार उनी अदालतमा फैसलापछि आफ्नी प्रेमिकासँगै बाहिरिँदै गर्दा यस्तो जानकारी दिएका हुन् । राेनाल्डाे सजायपछि भने हाँसिरहेको देखिन्थे । अदालतमा १५ मिनेट उपस्थित भएका उनले पत्रकारहरुसँग ‘सबै ठीक छ,’ भन्दै थप प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal