मुख्य समाचार

हिउँले ढाकिएपछि यस्तो देखियो ‘रारा ताल’

- जीवन सेजुवाल

हिउँले ढाकिएपछि यस्तो देखियो ‘रारा ताल’

मुगु जिल्लाको उच्च हिमाली क्षेत्रमामा परेको भारी हिमपात परेको छ । मंगलबार बिहान पाँच बजेबाट जिल्ला सदरमुकाम गमगढी बाहेक चारै स्थानीय तहका उच्च हिमाली क्षेत्र र आसपासका गाउँमा भारी हिमपात भएको समाचर अन्नपूर्ण पोष्टमा छ ।

भारी हिमपातले सदरमुकाम गमगढी बाहेकका खत्याड गाउँपालिकाको खमाले, चाकपाडे, कवा, कोटिला, लमेरा, भाकोडी, सेरी, जोखिलेख, साडबाडा, डाडुपाटा, श्रीकोट, गम्था, ल्याचुरी, नर्खजी, सोरु गाउँपालिकाको रुमा, कच्चे, गिलाह, कालै, धैनाकोट, सोरुकोट, नेहर मुगुम कार्मारोङ्ग गाउँपालिकाको ९ वटैवडाको १५ गाउँ र छाँयानाथ रारा नगरपालिकाको सदरमुकाम गमगढीको आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको छ।

मंगलबार बिहान पाँच बजेबाट परेको हिमपातले जिल्लाको हवाई तथा सडक यातायातसमेत अबरुद्ध हुदा रारा विमानस्थलमा तीन दर्जन भन्दा बढी यात्रु होटलमा बस्न बाध्य भएका छन्। भने सुन्दर रारा ताल भने हिउँँले ढाकीएर झनै सुुुुन्दर बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal