मनोरञ्जन

संसारकै ‘सुन्दरी ट्रक ड्राइभर’ : जसले ‘डान्स टिचर’को जागिर छोडेर ट्रक हाँक्न थालीन्

संसारकै ‘सुन्दरी ट्रक ड्राइभर’ : जसले  ‘डान्स टिचर’को जागिर छोडेर ट्रक हाँक्न थालीन्

जापानको कोची प्रान्तमा हुर्किएकी राइनो सासाकी अहिले संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित भएकी छिन् ।

कहिले पनि ट्रक ड्राइभर बन्ने सोच नभएको बताउने २१ बर्षय सासाकीले सात वर्षअघि आफ्ना ट्रक ड्राइभर बुवा एकाएक बिरामी भएपछि उनले बुवाकै पाइला पछ्याउने निर्णय गरिन् । बिरामी भएपनि कामलाई निरन्तरता दिइरहेका बुवालाई घरभन्दा हज्जारौं किलोमिटर टाढा, बाटोमा एक्लै र हेरबिचार गर्ने कोही नभएको देख्दा उनले सहन सकिनन् ।

त्यतिबेला स्कूलमा ‘डान्स टिचर’ को रुपमा काम गरिरहेकी उनले आफ्नो बुवालाई ट्रकको लामो यात्रामा साथ दिने निर्णय गरिन् । उनले ट्रकको लाइसेन्स पनि पाइन् । ट्रक चलाउन सुरु गरिसकेपछि पनि उनले आफ्नो नृत्य सिकाउने जागिरलाई निरन्तरता दिने प्रयास गरिन् । तर ट्रकमा लामो यात्रामा निस्किएपछि आफ्नो कामका लागि घर फर्कन कहिलेकाँही सम्भव नहुने पनि उनले अनुभव गरिन् । त्यसकारण उनी आफ्नो पुरानो व्यवसाय छोड्दै पूर्णकालीन ट्रक ड्राइभर बनिन् ।

आफ्नो करियर परिवर्तन गरेकोमा उनलाई कुनै पश्चाताप नभएको बताउँछिन् । उनी भन्छिन्, ‘म आफ्नो बुवासँग समय बिताउने मौका पाउँछु । उहाँ ठिक भए नभएको सुनिश्चित गर्न पाउँछु । उहाँले मलाई ट्रक ड्राइभिङबारे सधैं नयाँ कुरा सिकाउनु हुन्छ ।

जापानमा निकै थोरै महिला ट्रक ड्राइभर छन् त्यसकारण उनीहरुमाथि धेरैको रुची हुन्छ । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा राइनो सासाकीका हज्जारौं फलोअर्स भएकाले उनी एशियाली मुलुककी सबैभन्दा चर्चित महिला ट्रक ड्राइभर बनेकी छिन् । उनलाई संसारकै सबैभन्दा सुन्दर महिला ट्रक ड्राइभरको संज्ञा पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal