मनोरञ्जन

रविसँग विवाह पछि निकितालेे भनिन् : बैशाखमा भोज सबैलाई खुवाउँछु

रविसँग विवाह पछि निकितालेे भनिन् : बैशाखमा भोज सबैलाई खुवाउँछु

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र टेलिभिजनकर्मी रवि लामिछानेले कोर्ट म्यारिज’ गरेका छन ।

निकिता र रविले आफ्नो सामाजिक सञ्जाल मार्फत विवाहको खबर सार्वजनिक गरेका हुन् ।

बोर्ड अध्यक्ष पौडेलले हामीले बैशाखमा मात्र विवाह गर्ने योजना बनाएका थियौँ,’ निकिताले भनिन्, ‘हाम्रो बारेमा बजारमा चलेको विभिन्न हल्लाले यो निर्णय हतारमा लिन बाध्य भएका हौ ।’

पौडेलले परम्परागत रुपमा वैशाखको तेस्रो साता विवाहको योजना गरेको सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु ।’

केही साताअघि मात्रै रवीको पूर्वश्रीमती इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद र पौडेलको प्रेमको चर्चा चलेको थियो । सो समय निकिता र रवि केही वर्षदेखि प्रेममा रहेका समेत विभिन्न मिडियाले समाचार बनाएका थिए ।

‘रविसँग तपाईंको लामो समयदेखि प्रेम रहेको थियो हो ?’ भन्ने प्रश्नमा निकिलताले भनिन्, ‘बाहिर आएजस्तो हाम्रो प्रेम सम्बन्ध थिएन । हामी दुवै एक्लै थियौँ । आफन्तले विवाहको प्रस्ताव ल्याए । हामीले पनि उचित ठानेर स्वीकारेका हौँ ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal