मनोरञ्जन

डिभोर्सपछि अन्जु र मनोजराज देखिए एकैसाथ

डिभोर्सपछि अन्जु र मनोजराज देखिए एकैसाथ

गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोज राजशिवाकोटी सांगीतिक सहयात्रामा जोडिएका छन् । लामो जीवन सहयात्रापछि छुट्टिएका उनीहरुले हालै एक गजल गायनमा सहयात्रा गर्दैै सँगै देखीका छन् ।

उनीहरुको युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल सार्वजनिक भएको छ । मनोजराजकै संगीत रहेको सार्वजनिक गजल सुरेश वाग्लेले लेखेका हुन् ।

डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गजल मार्फत पहिलो पटक सांगीतिक सहयात्रा गरेको गजलकार सुरेश वाग्लेले बताएका छन् । उनीहरुको सम्बन्धविच्छेदपछि पनि उनीहरुका युजल गीत भने सार्वजनिक भएका थिए । तर, उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो ।

उक्त गीतमा अभिनेत्री प्रियंका कार्कीका साथमा मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंले अभिनय गरेका छन् । सार्वजनिक गजलमा सचिन सिंहले संगीत संयोजन गरेका छन्।

प्रतिक्रिया दिनुहोस