प्रवास

मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, छुरा हान्ने फरार

मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, छुरा हान्ने फरार

मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा मलेसियन नागरिकको छुरा प्रहारबाट ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७