मुख्य समाचार

बम दिदिबहिनी हामी ‘जिउँदो निर्मला भयौ’ भन्दै काठमाडौं आाईपुगे

बम दिदिबहिनी हामी ‘जिउँदो निर्मला भयौ’ भन्दै काठमाडौं आाईपुगे

निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् ।

बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो ।

प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेन । तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् ।

बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं आएको बताए । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ ।

‘काठमाडौंबाट आउने मानवअधिकारवादी र महिला अधिकारकर्मीले पनि उनीहरुले जे भन्छन्, त्यहि सही मानेर लेखे । हाम्रो टोल छिमेकमा आएर हाम्रोबारे बुझ्न चाहेनन् वा बुझेर पनि लेख्न चाहेनन्,’ बम दिदी बहिनीले भनेका छन्, ‘यिनीहरुले हामीलाई जिउँदै मारेका छन् ।’

१४ वर्षीया रोशनीले साउन १० गते निर्मलाको शब भेटिएको दिनदेखि आफू खुलेर हाँस्न नसकेको बताउँछिन् । ‘हाम्रा त चरित्रहत्या भया छ । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । तर, हामीलाई त मिडिया र युट्युबरले अपराधी बनाइदिया, मानवअधिकारवादीले बेश्या बनाइदिया । निर्मला त मरिगइन्, हामी जिउँदो निर्मला भया छौं,’ रोशनीले एकै सासमा यति कुरा भनिन् । अनलाईनखबरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal