विशेष सामाग्री

शहिद साथीको बाबू आमालाई ऊर्जामन्त्रीले बनाईदिए नयाँघर

शहिद साथीको बाबू आमालाई ऊर्जामन्त्रीले बनाईदिए नयाँघर

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धमा शहिद भएका साथीको परिवारका लागि नयाँ घर बनाइदिएका छन् ।

रोल्पाको सनुछहरी गाउँपालिका–७ जेलबाङका शहिद भुवन बुढाका बुबा मंगले र आमा फुर्कीका लागि मन्त्री पुनले नयाँघर बनाइदिएका हुन् ।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धका क्रममा विक्रम संवत् २०५४ सालमा मंगले–फुर्की बुढेली दम्पतीका छोरा भुवन बुढा शहिद भएका थिए । शहिद बुढा ऊर्जामन्त्री पुनका साथी समेत हुन् ।

बीबीसी नेपाली सेवाबाट प्रशारण भएको कार्यक्रम साझा सवालको ५२४ अंकमा रोल्पाली जीवन प्रस्तुत गर्ने क्रममा तत्कालीन प्रस्तोता विद्या चापागाईसँगै मन्त्री पुन र पुर्वसभामुख ओनसरी घर्ती मंगले दम्पतीको घर पुगेका थिए ।
साझा सवालको त्यो अंकमा ऊर्जामन्त्री पुनले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री पुनले १ वर्षभित्र मंगले पुनका लागि नयाँ घर बनाइदिने घोषणा कार्यक्रममै गरेका थिए । नयाँघर पाएसँगै मंगले दम्पतीमा खुशीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal