अन्तर्राष्ट्रिय

विश्वकै दोस्रो धनी ‘बिल गेट्स’ ८ डलरको खाजा लिन लाइनमा बसे

विश्वकै दोस्रो धनी ‘बिल गेट्स’ ८ डलरको खाजा लिन लाइनमा बसे

संसारका दोस्रो धनी व्यक्ति बिल गेट्सको सोसल मिडियामा एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि ।

गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको बताइएको हो ।

माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भयो । फोटोको मुनी गेलोसले लेखेका थिए, ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’

गेलोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि निशाना साँधेका छन् । उनले लेखे, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal