धर्म/ संस्कृति

कस्तो छ हजुरको आज : ‘राशिफल’ माघ ५, जनवरी १९ तारीख शनिवार

कस्तो छ हजुरको आज : ‘राशिफल’ माघ ५, जनवरी १९ तारीख शनिवार

‘राशिफल’ २०७५ साल माघ ५, जनवरी १९ तारीख शनिवार

मेष राशि :
बल तथा प्रराक्रममा बृद्धिहुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा बृद्धिहुनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहला ।

बृष राशि :
शारिरीक अस्बस्थाका कारण कार्य सम्पादनमा सामान्य झन्झट ब्यर्होनु पर्नेछ । बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

मीथुन राशि :
पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि :
शारिरीक आलस्यताले सताउला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

सिंह राशि :
बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्या राशि :
कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

तुला राशि :
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

बृश्चिक राशि :
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।

धनु राशि :
वाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि :
तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कुम्भ राशि :
बौद्धिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मिन राशि :
पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ ।
शुभदिन !

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal