कृषि

राम र सागरले अष्ट्रेलियामा महिनाको ८ लाख छोडेर नेपाल मै गाईपालन थाले

राम र सागरले अष्ट्रेलियामा महिनाको ८ लाख छोडेर नेपाल मै गाईपालन थाले

दश वर्षअघि नेपालबाट अष्ट्रेलिया गएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्थे। तिनै राम र सागरले हाल चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याएका छन्।

उनीहरुले ३६ करोड रुपैयाँको लगानीमा गाई फार्म सुरु गरेको बताए। उनीहरुले गाई फार्मको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेतीसमेत शुरु गरेेेेका छन् । ।

फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उनले भने, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।

उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भने, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । उनिहरुले भने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal