खेलकुद

बिश्वबिख्यात बडिबिल्डर ‘रोली विङ्कलार’ नेपाल आउँदै

बिश्वबिख्यात बडिबिल्डर ‘रोली विङ्कलार’ नेपाल आउँदै

अन्तर्राष्ट्रिय बडिबिल्डर रोली विङ्कलार नेपाल आउने भएका छन्। ‘द विस्ट’ को उपनामले प्रख्यात रोलीलाई ‘आइएफबिबि लिग नेपाल’ले नेपाल ल्याउन लागेको हो।

‘आइएफबिबि लिग नेपाल’ ले फागुन ३–४ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर) को आयोजना गर्दैछ।

यो प्रतियोगिता नेपाली खेल इतिहासकै ठूलो प्रतियोगिता मध्ये एक मानिएको छ। यही प्रतियोगितामा ‘गेष्ट पोजर’ को रुपमा विङ्कलार नेपाल आउन लागेका हुन्। उनको हातको पाखुरा मात्र २४ इन्चीको छ।

‘विङ्कलारलाई नेपालमा स्वागत गर्न पाउँदा हामीलाई गर्व लागेको छ। उनी विश्व चर्चित बडिबिल्डर हुन। विश्वभरी उनको समर्थक छन्। यसले विश्वमा नेपाल पनि बडिबिल्डरहरूको देश भनेर चिनाउन मद्दत पु¥याउने छ,’ ‘आइएफबिबि लिग नेपाल’ का अध्यक्ष सानु गुरुङले भने

विङ्कलार मुलत नेदरल्यान्डका हुन्। तर, उनी अमेरिकामा बसोबास गर्छन्। उनको विषयमा जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भने– ‘विङ्कलार १४ फेब्रुअरीमा नेपाल आउने छन्। उनको बसाइँ ४ दिनको हुनेछ।

विङ्कलारको तौल १ सय ३० केजी छ। ४१ वर्षीय यी बडिबिल्डरलाई ‘सामुराई’ को उपनामले पनि चिनिन्छ। उनको आगमनले नेपालको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने आयोजक कमिटीले जनाएको छ।

‘नेपालले सन् २०२० मा भिजिट वर्ष मनाउँदैछ। विङ्कलरको आगमनले विश्वभरीका मानिसको ध्यान नेपालतर्फ आकृष्ट हुनेमा हामी ढुक्क छौं,’ गुरुङले पत्रकार सम्मेलनमा भने–‘ बडिबिल्डिङ खर्चिलो खेल हो। त्यसैले खर्च गर्न सक्ने व्यक्तिहरूको झुकाव नेपाल तर्फ हुनेछ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal