स्वास्थ्य

नेपालमा पहिलो पटक ६० जना पुरुष नर्सिङ पढ्दै

नेपालमा पहिलो पटक ६० जना पुरुष नर्सिङ पढ्दै

काठमाडौं– सरकारले नेपालमा पुरुषले पनि नर्सिङ विषय अध्ययन गर्न पाउने बाटो खुला गरेपछि प्राविधिक शिक्षा तथा व्यायसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ६० जना पुरुष पिसिएल नर्सिङ पढीरहेका छन्।

नेपाल नर्सिङ काउन्सिलले चालु शैक्षिक सत्र २०७५÷७६देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको थियो।

सिटिइभिटी अन्तर्गतका ३० भन्दा बढी कलेजमा ६० जना विद्यार्थी अध्ययन गरिरहेका हुन्। सिटिइभिटीले विद्यार्थीहरुको रजिष्ट्रेसन गर्ने क्रममा ६० जना पुरुष नर्सिङ पढीरहेको पाइएको हो।

नर्सिङ अध्ययनका लागि सिटिइभिटी अन्तर्गतका कलेजमा २ सय ४३ जना पुरुषले आवेदन दिएका थिए। आवेदन दिनेमा महिला र पुरुष गरी कुल १३ हजार ४ सय ७६ थियो। आवेदन दिएकामध्ये ६० जना मात्र अध्ययनका लागि कलेज भर्ना भएको सिटिइभिटीले जनाएको छ।

नर्सिङ काउन्सिलले छुट्याएको १५ प्रतिशत कोटामा पुरुष भर्ना हुने हो भने वार्षिक ११ सय ५५ जना पुरुषले अध्ययनको अवसर पाउने छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal