कृषि

जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना, तिर्न नसके जग्गा नै छाड्नुपर्ने

जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना, तिर्न नसके जग्गा नै छाड्नुपर्ने

हालै सरकारले भू-उपयोग सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । जस अन्तर्गत खेतीयोग्य जमिन बाँझो राखे तीन लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

संसदबाट सो विधेयक सोझै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्नेछ । खेतीयोग्य जग्गालाई कुनै व्यक्तिले लगातार तीन वर्षसम्म बाँझो राख्यो भने सोले जरिवाना तिर्नुपर्नेछ यदि जरिवाना तिर्न नसके त्यो जग्गा छाड्नुपर्ने व्यवस्थासमेत विधेयकमा राखिएको छ ।

तर स्थानीय सरकारहरूलाई जानकारी दिएर उचित कारण देखाउदै जग्गा बाँझो राख्न पाइने व्यवस्था विधेयकमा उल्लेख छ । विधेयकमा व्यवस्था गरिएका प्रावधान विपरीत कार्य गर्नेलाई तीन लाख रुपैयाँसम्म जरिवानाा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal