धर्म/ संस्कृति

हिन्दुको महान पर्व कुम्भमेला सुरु : १२ करोड तिर्थालु आउने अपेक्षा

हिन्दुको महान पर्व कुम्भमेला सुरु : १२ करोड तिर्थालु आउने अपेक्षा

संसारभरका हिन्दुहरुले आफ्नो महान पर्वको रुपमा मान्ने कुम्भमेला भारतको उत्तर प्रदेशमा सुरु भएको छ । गंगा, यमुना र सरस्वती नदीहरुको संगमस्थलमा कुम्भ मेलाकालागि लाखौ तिर्थालुहरु भेला भइसकेका छन् ।

जनवरी १५ मा सुरु भएको यस मेलामा नदीमा नुहाउने तिर्थालुको घुइँचो लाग्न थालिसकेको छ । टेन्ट तयार पारी खाना लगायत बन्दोबस्तीका साथ यहाँ केही साताअघि देखि नै तिर्थालुहरु बस्दै आएका थिए ।

हरेक १२ वर्षमा लाग्ने मेलामा यसपटक १२ करोड भन्दा बढी तिर्थालु नदीमा नुहाउन आउने अपेक्षा गरिएको छ ।

मार्च ४ सम्म लाग्ने यस मेलामा तिर्थालुहरु नदीमा नुहाएपछि पापबाट मुक्ति मिल्ने, आत्म शान्ति मिल्ने जस्ता विश्वास राख्छन् साथै योग, ज्ञान, विवेक र आर्शिवादको माध्यमबाट तिर्थालुको दुख हरण समेत हुने दावी गरिन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal