धर्म/ संस्कृति

काठमाडौंमा मगर समुदायले धुमधाम मनाए ‘माघे सङ्क्रान्ति’

काठमाडौंमा मगर समुदायले धुमधाम मनाए ‘माघे सङ्क्रान्ति’

काठमाडौंमा बस्दै आएका मगर समूदायले महान पर्व माघे सङ्क्रान्ति धुमधामका साथ मनाएका छन्। मंगलबार काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दै उनीहरुले माघे संक्रान्ति पर्व मनाएका हुन्।

उनिहरुले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको र्‍याली प्रर्दशन गरेका थिए।

विशेष गरेर माघे सङक्रान्ति पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मनाइने गरिन्छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal