धर्म/ संस्कृति

आज माघे संक्रान्ति : देशैभर मकर स्नान गरी उल्लासका साथ मनाइँदै

आज माघे संक्रान्ति : देशैभर मकर स्नान गरी उल्लासका साथ मनाइँदै

आज माघ एक अर्थात माघे संक्रान्ति! पररम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथमा यो पर्व मनाइदैं छ ।

देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्यमान्यता अनुसार माधे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

माघे संक्रान्तिमा सबेरै उठेर नुहाईधुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले गरिन्छ ।

माघे संक्रान्ति थारु र मगर समुदयाको मुख्य चाँड हो । थारु र मगर समुदायले माघे संक्रान्तिलाई माघी पर्वको नामले मनाउने गरेका छन् ।

पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा थारु समुदायले धुमधामका साथ माघी मनाइरहेको छन् । उता मगर समुदायको बाहुल्य क्षेत्रमा पनि माघीले छुट्टै रौनक थपेको छ ।

आजकै दिनबाट हिउँद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता पनि रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal