धर्म/ संस्कृति

कस्तो छ हजुरको यो हप्ताको भाग्य : हेर्नुहोस ‘राशिफल’

कस्तो छ हजुरको यो हप्ताको भाग्य : हेर्नुहोस ‘राशिफल’

राशिफल २०७५ साल पुस २९ देखि माघ ०५ सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
मेहनत गर्दा पढाइ लेखाइमा प्रगति हुने समय छ,हिम्मतले काम लिने समय छ, सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ, नयाँ काममा हात हाल्ने समय आएको छ,मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, व्यवसायबाट सोचेको लाभ मिल्नेछ,नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला, आम्दानी बढ्नेछ, कर्मसिद्धिको समय छ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ,मान–सम्मान बढ्नुका साथै प्रतिष्ठित कामको जिम्मेवारी पाइएला,सहयोगीहरूको माध्यमले महत्वपूर्ण काम बन्न सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बिहीबारदेखि आम्दानी पनि प्रशस्तै बढ्नेछ,रमाइलो यात्रा सम्भावित छ,समय मनोरञ्जनपूर्ण रहला,प्रेमको बन्धन पनि कसिने बेला छ,खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ,स्वास्थ्यमा मौसमी समस्या आउन सक्छसुरुआतमा आर्थिक लगानी बढ्नाले अभावले सताउन सक्छ, सरसापटमा गएको धन फिर्ता उठाउन मुस्किलै पर्नेछ,सोख पूरा गर्नमा खर्च बढ्न सक्छ,हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ, मानसम्मानमा चोट पुग्न सक्छ,उद्योग–धन्दामा विशेष सफलता पाइनेछ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ। रोकिएका काम बन्नाले उत्साह थपिनेछ, भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्मबल बढ्नेछ, व्यवसायबाट प्रशस्त फाइदा होला,तापनि, पढाइलेखाइमा प्रगति होला,सुखद समाचार सुन्न पाइनेछ, सहयोगीहरूले साथ दिनेछन् र काममा थप हौसला मिल्नेछ, प्रतिस्पर्धीहरूले हार खालान्,तर, अरूको भरपर्दा लाभांशमा कमी हुनेछ,प्रतिष्ठित काम गर्ने समय छ,केही खर्च गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुने समय छ, रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ,नयाँ काममा हात हाल्ने समय आएको छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,मान र विद्या प्राप्त हुने समय छ,विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ,नाता गाँस्नेहरूले भने दुःख दिन सक्छन्।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ, आत्मबल पनि बढ्नेछ,व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ, आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ, प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ, दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ, टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ, आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,केही अनियन्त्रित खर्च पनि हुनेछ,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,परिवारजनमा केही असमझदारी बढ्न सक्छ, प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानीको राम्रो प्रतिफल उठाउन सकिएला, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूलाई पछि पार्न सकिनेछ,स्वास्थ्यमा मौसमी समस्या देखिए पनि भाग्य बलवान् रहनेछ,विभिन्न अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ,बुद्धिको उपयोगले काम लिने समय छ, प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ, अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले कीर्ति राख्ननेछ । मनग्य धन आर्जन गर्ने मौका छ,आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ,लाभको आशा देखाउनेहरूले बीचमा धोका देलान्, झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट जनसँग मित्रता बढ्न सक्छ,सहयोगीको मद्दतले प्रशस्त धन आर्जन गर्ने योग छविशिष्ट व्यक्तित्वसँग भेटघाट होला, पढाइलेखाइमा प्रगति हुनेछ भने टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ,आर्थिक पक्ष सबल बन्नुका साथै विविध भौतिक साधन जुटाउन पनि सफल भइनेछ, प्रतिस्पर्धाले खर्च भने बढाउन सक्छ मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्ने देखिन्छ,घरखर्च बढ्नेछ, सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ,लगानीको उचित प्रतिफल मिल्नेछ, विशेष भेटघाटले खुसियाली छाउनेछ,दिगो आम्दानी हुने स्रोत प्राप्त हुने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अलमलको योग छ,आयआर्जनमा कमी आउलाप्रेम र मित्रताको बन्धन कसिने समय छ,अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ भने मित्रता र प्रेमको बन्धन कसिन सक्छ,घरेलु समस्या देखापर्न सक्छन्, स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ, धैर्यले काम लिन सकिनेछ,लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,पढाइलेखाइमा केही बाधा हुने देखिन्छ, रोकिएका काम बन्न थाल्नेछन्, आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ,मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ,विवादमा परिने योग भएकाले सावधान रहनुहोला,रमाइला ठाउँको भ्रमण गर्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीति र नोकरीमा उन्नति हुनेछव्यवसायबाट रामरै लाभ मिल्नेछ,पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ,आँट गर्दा जटिल कामसमेत सम्पादन हुन सक्छ,प्रतिभा प्रदर्शन गरेरै धेरैलाई उछिन्न सकिनेछ,अनुभवले ज्ञान बढ्नेछ, मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ,अस्वस्थता र केही तनावबीच काममा जुट्नुपर्ला,रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ,केही चुनौती देखिए पनि साताको भाग्य बलवान् रहनेछ,मनपर्ने साथी भेटिए पनि मनको गाँठो खोल्न साइत प्रतीक्षा गर्नुहोला,स्थिति चुनौतीपूर्ण देखिए पनि दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, व्यवसायमूलक भ्रमण गर्ने समय छ, फसिने डरले सताउन सक्छ,स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला,स्वार्थका लागि सञ्चित धन खर्चनुपर्ला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
टाउको र आँखाको समस्याले दुःख दिन सक्छ,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्,रोकिएको काम बन्नाले उत्साह जाग्नेछ,दिगो फाइदा हुने काम प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ, यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ, मानसम्मान पाइने समय छ, सहयोगीहरू जुट्नेछन्, अतिथिका रूपमा सम्मानित भइएला, अवसरको खोजीमा दौडधुप गर्नुपर्ला, काममा विलम्ब र खर्च बढ्ने योग छ,अरूको स्वार्थका लागि सञ्चित धन खर्चनुपर्ला,सुरुमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ,पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्नो नामबाट अरूले लाभ उठाउन सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ,पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,विरोधीहरू बढ्नाले आँटेका काममा केही चुनौती देखापर्ने सम्भावना छ,स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ,अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ,तपाईंको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ,आत्मबल बढ्नेछ, व्यवसायबाट प्रशस्त फाइदा होला, तापनि, पढाइलेखाइमा प्रगति होला,सुखद समाचार सुन्न पाइनेछ, सहयोगीहरूले साथ दिनेछन् र काममा थप हौसला मिल्नेछ, प्रतिस्पर्धीहरूले हार खालान्,प्रियजनसँगको भेटघाटले साताको सुरुआत रमाइलो रहनेछ,अर्थ उपार्जन राम्रै हुनेछ,आस मारेको कामले उत्साह जगाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आतिथ्यपूर्ण सम्मान पनि पाइएलाव्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ,शत्रुपक्षको चलखेल बढ्न सक्छ,विवाद, द्वन्द्व र मुद्दा मामिलामा सजग रहनुपर्ला,अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला, अवसरले उत्साह जगाउनेछ,सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्,रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ,केही चुनौती देखिनेछन्,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,आफन्तसँग असमझदारी बढ्नेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ, आम्दानीका साथै खर्चसमेत बढ्ने सम्भावना छ,व्यावसायिक काममा केही बाधा हुन सक्छ,तापनि, रमाइलो यात्रा सम्भावना छ,प्रेम र मित्रताको बन्धन कसिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ,स्थायी सम्पत्तिमा केही विवाद आउला,आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ,अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुनः सुरु हुनेछन्, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ,पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,विभिन्न अवसरले पछ्याए पनि विस्वस्त हुन नसकिएला,मान बढ्ने र आर्थिक समुन्नतिको योग छस्थान परिवर्तन वा टाढाको यात्रा सम्भावित छ,आँटेका काम समयमा पूरा गर्न नसकिएला,भेटघाटमा पनि अलमलिनुपर्ला,सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal