स्वास्थ्य

रबि लामिछानेको आधिकारिक घोषणा : बन्ने भो रास्कोटमा ‘स्मार्ट हस्पिटल’

रबि लामिछानेको आधिकारिक घोषणा : बन्ने भो रास्कोटमा ‘स्मार्ट हस्पिटल’

चर्चित संचारकर्मी रवि लामिछाने लगायतको टिम कालीकोटको दुर्गम ठाउँ रास्कोट पुगेर “रासकोट कमिन्युटी अस्पताल” निर्माणको आधिकारिक रुपमा घोषणा गरेका छन् ।

लामिछाने ले आजवाट अस्पताल निर्माण गर्ने प्रतिबद्धता सहितको एक मजवुद एकता भएको प्रति खुसी व्यक्त गरेे ।

देश तथा विदेशमा रहेका सम्पूर्ण अभियनताहरुको बारेमा जानकारी गराउदै आज विशेष रुपले अभियानले पूर्णता पाएको छ । पत्रकार लामिछाने , न्युज २४ को टिम , विज्ञहरुको टोली , स्थानीय सरकारका प्रतिनिधि लगायत स्थानिहरुको उत्साहजनक सहभागित रहेको थियो ।

पत्रकार लामिछानेले एम्बुलेन्स समेत नभएको रासकोटमा नयाँ नमूना स्मार्ट हस्पिटल निर्माण हुने  फरक साथै अति नै सुविधाजनक तरिकाले सेवा दिने पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal