मुख्य समाचार

रवी कालीकोट पुगेर भने : आजिवन निस्वार्थ समाजसेवामा लाग्ने प्रण गर्दछु

रवी कालीकोट पुगेर भने : आजिवन निस्वार्थ समाजसेवामा लाग्ने प्रण गर्दछु

पारिवारिक विवादका कारण पछिल्लो समय चर्चामा रहेका सञ्चारकर्मी रवी लामिछानेले निस्वार्थ रुपमा समाज सेवामा निरन्तर लागिरहने बिचार ब्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निरन्तर समाज सेवामा निस्वार्थ सम्लग्न भइरहने प्रतिवद्धता जनाएका हुन ।

रबि लामिछाने फाउन्डेसन नामक कम्पनी दर्ता गरेको सार्वजनिक गर्दै उनले सामाजिक सेवामा लागिरहने बताएका हुन् । पहिलो प्रयास स्वरुप उनी आफै बिकट कर्णालीको कालिकोट स्थित रास्कोटमा पुगेका छन् ।

उनले फेसबुकमा लेखेका छन् –
बिकट कर्णाली प्रदेशको कालिकोटबाट यो पोस्ट लेख्दै छु। आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने आधिकारिक प्रण गर्दछु। यो संगै “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी सहितको प्रतिबद्धता सगौरव सार्वजनिक गर्न चाहन्छु। पहिलो प्रयास स्वरुप बिकट कर्णालीको कालिकोटमा रहेको रासकोटमा अब स्मार्ट डिजिटल अस्पताल बन्ने छ। दक्षिण एसिया कै नमुना हुनेछ १५ बेड्को “रासकोट सामुदायिक अस्पताल” ।

 

प्रतिक्रिया दिनुहोस