मुख्य समाचार

गोपाल खड्काको खुलासा : ‘विप्लवदेखि ऋषि धमला’सम्मलाई चन्दा दिएँ

गोपाल खड्काको खुलासा : ‘विप्लवदेखि ऋषि धमला’सम्मलाई चन्दा दिएँ

भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको खुलासा गरेका छन् ।

भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले यस्तो बताएका हुन् ।

खड्काले अख्त्यिारलाई दिएको बयानमा आफूले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सबैभन्दा धेरै सहयोग गरेको बताएका छन् । खड्काको बयानअनुसार उनले सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् ।

खड्काले अख्तियारमा दिएको बयानमा आफूले ऋषि धमलालाई पनि चन्दा दिएको बताएका छन् । विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलालाई उक्त चन्दा/सहयोग दिएको खड्काले स्पष्टीकरण दिएका छन् । खड्काले नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट पत्रकार ऋषि धमलालाई चन्दा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal