राजनीति

रविन्द्र देखि मुमाराम हावी भएपछि फुट्यो ‘बिवेकशिल साझा’

रविन्द्र देखि मुमाराम हावी भएपछि फुट्यो ‘बिवेकशिल साझा’

विवेकशील साझा पार्टी विभाजन भएको छ । संयोजक उज्वल थापाले पार्टी फूटाएका हुन् । नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्तासमेत भइसकेको नेता रमेश पौडेलले बताए ।

विवेकशीलमा रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यले एकलौटी रुपमा ५ जना केन्द्रीय सदस्य थप गरेको, सहमतिबीनै प्रदेश संयोजक थप गरेको र १२ वटा विभाग खारेज गरेपछि विवाद उत्पन्न भएको थियो ।

अर्का पार्टी संयोजक मिश्र पक्षले ३० पुसमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । नयाँ शक्ति पार्टी परित्याग गरी विवेकशीलमा प्रवेश गरेका मुमाराम र केशव दाहालले पार्टीमा बढी चलखेल गरेको उज्जवल पक्षको आरोप छ ।

३७ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीका बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई बुझाएका छन् । प्रदेश ३ का तीनै जना प्रदेश सांसद्हरु शोभा शाक्य, विराजमान श्रेष्ठ र रमेश पौडेल साथै रञ्जु दर्शना लगायतका नेताहरु पनि नयाँ पार्टीमा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal