मुख्य समाचार

काठमाडौंमा धुमधामसँग मनाईयो ‘पृथ्वीजयन्ती’

काठमाडौंमा धुमधामसँग मनाईयो ‘पृथ्वीजयन्ती’

आज पुस २७ गते, अर्थात पृथ्वी जयन्ती । पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालियो ।

राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

र्‍यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गांगा उप्रेतीलगायत सहभागी भएका थिए । समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायतका नेताहरु पनि सहभागी थिए ।

समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

पृथ्वी जयन्तीको दिन दिँदै आएको विदा भने सरकारले कटौती गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal