मुख्य समाचार

सरकारले बेवास्ता गरेपनि विश्वभर मनाईदैछ ‘पृथ्वी जयन्ती’

सरकारले बेवास्ता गरेपनि विश्वभर मनाईदैछ ‘पृथ्वी जयन्ती’

सरकारले पृथ्वी जयन्ती तथा एकता दिवसमा बिदा कटौती गर्दै कुनैपनि कार्यक्रम नगरेतापनि ‘अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्दता’ भन्ने मुल नारा बोकेको ठकुरीहरूको विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले विस्वका विभिन्न ठाउमा २९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै छ ।

गोरखा :
नागरिक समाज गोरखा सग हातेमालो गर्दै ठकुरी सहयोग संजालले गोरखा दरबारमा झाकी सहित भब्य रूपमा पृथ्वी जयन्ती मनाउदै छ । नागरिक समाज गोरखाको आयोजना र ठकुरी सहयोग संजाल केन्द्रिय कार्यलयको संयोजनमा हुने कार्यक्रममा हजारौ नागरिकहरूको सहभागिता रहने बताईएको छ ।

नेपालगञ्ज :
ठकुरी सहयोग संजाल बाके, प्रदेश नं. ५ र ६ को अयोजना तथा ठकुरी पत्रकार समाज नेपालको सहआयोजनामा नेपालगंजमा पनि पृथ्वी जयन्ती मनाइने भएको छ । नेपालगन्ज नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदाको समेत घोषणा गरिसकेको अवस्थामा नेपालगन्जको कार्यक्रम भव्य रुपमा सम्पन्न हुने संकेत देखिएको छ । नेपालगन्जको कार्यक्रममा छिमेकी जिल्ला ठकुरी सहयोग संजाल बर्दियाको पनि सहभागिता रहनेछ ।

त्यस्तै, ठकुरी सहयोग संजालका शाखा कार्यलयहरु रहेका हरेक जिल्लामा पृथ्वी जयन्ती मनाइने भएको छ । महोत्तरीको बर्दीबासमा ठकुरी सहयोग संजाल महोत्तरी शाखाको आयोजनामा पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उहाको सम्मान गरिने छ । त्यसैगरि सिन्धुली शाखाले कमलामाई नगरपालिकामा पृथ्वी जयन्ती मनाउदै छ भने ठकुरी सहयोग संजाल काभ्रेको आयोजनामा बनेपामा पृथ्वी जयन्तीको कार्यक्रम रहेको छ । ठकुरी सहयोग संजाल पाल्पाले पाल्पाको रामपुरमा, सल्ल्यान शाखाले सल्यानको श्रीनगरमा, शाखा स्थापनाको तयारी गरिरहेका कैलालीका अभियान्ताहरुले कैलाली जिल्लाको घोडाघोडीमा, आछाम शाखाले मंगलसेनमा र बाजुरा शाखाले मातर्डीमा पृथ्वी जयन्तीको दिन कार्यक्रम राखेको जानकारी ठकुरी सहयोग संजालले गराएको छ ।

काठमाण्डौ :
ठकुरी सहयोग संजाल केन्द्र गोरखाको कार्यक्रममा हातेमालो गर्दै सहभागी हुन गएता पनि काठमाण्डौमा समेत पृथ्वी जयन्ती मनाउने कार्यक्र संजालले राखेको छ । गोरखा जान नसक्नेले काठमाण्डौमै सहभागी बनेर राष्ट निर्मातालाई सम्मान गरुन भन्ने उदेश्य अनुरुप काठमाण्डौमा कार्यक्रम राखिएको हो । संजालका केन्द्रिय सदस्य रिद्धीराज शाही र उपत्यका इन्चार्ज हिमाल मल्लले काठमाण्डौको कार्यक्रमलाई अगुवा गर्नेछन् । काठमाण्डौ कार्यंक्रम अन्तर्गत शुक्रबार बिहान ९ बजे सिंहदरबार स्थित पृथ्वी नारायण शाहको शालिमा जम्मा भै माल्यापण गर्ने र उहाँलाई सम्मान प्रकट गर्ने कार्यक्रम रहेको छ ।

दुबइ :
गत वर्ष जस्तो यो वर्ष पनि ठकुरी सहयोग संजाल यु.ए.ई ले पृथ्वी जयन्ती मनाउने कार्यक्रम राखेको छ । यु.ए.ई को बर दुबईको सिल्भर रेष्टुरेण्टमा शुक्रबार दिउसो १२ बजे पृथ्वी जयन्तीको कार्यक्रम रहेको छ ।

कतार:
ठकुरी सहयोग संजाल कतार शाखाले पनि २९७ औ पृथ्वी जयन्ती उत्साहपुर्ण तरिकाले मनाउने भएको छ । यस अघि राष्ट निर्माताको सम्मानमा पौष २७ गते सार्वजनिक विदा दिन र राष्टिय एकता दिवस मनाउन सरकारलाई दवाव सिर्जना गर्ने हेतुले कतार स्थित नेपाली दुतावसमा ज्ञापन पत्र बुझाएको कतार शाखाले शुक्रबार दिउसो १२ बजे दोहाको सनैया ११ नं. रोड स्थित केरला रेष्टुरेण्टमा पृथ्वी जयन्तीको कार्यक्रम राखेको छ ।

यसकाा अलवा अन्य संघसस्थाले पनि देश तथा बिदेसमा बिभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउदैछन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal