प्रवास

अमेरिकामा सबैभन्दा धेरै पढ्नेको टप १ मा ‘हिन्दु समुदाय’

अमेरिकामा सबैभन्दा धेरै पढ्नेको टप १ मा  ‘हिन्दु समुदाय’

अमेरिकामा चार वर्षको कलेज शिक्षालाई आर्थिक सफलताको लागि महत्वपूर्ण मानिन्छ । यही तहको पढाई पुरा गर्ने कुरालाई एक जनसांख्यिकी आधारलाई लिएर प्रतिष्ठित ‘प्यु रिसर्च सेन्टर’ले एक अनुसन्धान गरेको छ ।

उसले त्यहाँ बसोबास गर्ने कुन धार्मिक समूदायका कति प्रतिशतले कलेज चार वर्षे पढाई पुरा गर्छन् भनेर एक सर्वेक्षण गरेको छ ।

प्यु रिसर्चका अनुसार कलेज डिग्री हासिल गर्ने मामलामा हिन्दू(७७%) सबैभन्दा अगाडि छन् । त्यसपछि यूनिटरियन यूनिभर्सलिस्ट (६७%) छन् ।

यी दुई समुदायपछि यहूदी (५९%), एन्जेलिकन चर्च(५९%) र एपिस्कोपल चर्च (५६%) विश्वास गर्ने समूदाय आउँछ । यो सन् २०१४ को धार्मिक परिदृश्यमा गरिएको सर्वेक्षण हो । यसमा शैक्षिक योग्यताको आधारमा अमेरिकाको ३० धार्मिक समुदायमा सर्वेक्षण गरिएको छ । यसका लागि कलेज पास गरेका अमेरिकाका नागरिकहरुलाई समावेश गरिएको थियो ।

शिक्षा र आर्थिक सफलताको हिसाबले अमेरिकामा हिन्दू र यहूदी अगाडि छन् । यही कारणले अमेरिकामा पारिवारिक कमाईको मामलामा पनि यी दुई समुदाय अघि देखिन्छन् । सन् २०१४ को अध्ययनअनुसार ४४% यहूदी र ३६% हिन्दू परिवार यस्ता छन्, जसको पारिवारिक कमाई कम्तिमा पनि १ लाख डलरभन्दा बढी छ ।

त्यस्तै बौद्ध, प्रेस्बाइटेरियन चर्च छन्, जसको ४७% जनसंख्याले कलेज पढाई पुरा गरेको छ । ती भन्दा पनि तल अर्थोडक्स इसाइ (४०%), मुसलान(३९%) र मोरमोन्स (३३ %) छन् । हरेक पाँचमध्ये एक वयस्क हुने भएकाले क्याथोलकहरुको कलेज डिग्री तिनको सदस्यहरुको मात्रा सामान्य मानिसहरुसँग मिल्दोजुल्दो छ, अर्थात २६ प्रतिशत ।
रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७