मुख्य समाचार

पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुरुप व्यवहार नगर्दा देशको अस्तित्वमा घात-प्रतिघात भो : पूर्वराजा

पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुरुप व्यवहार नगर्दा देशको अस्तित्वमा घात-प्रतिघात भो : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण अवस्थाबाट गुज्रिएको बताउदै दुख मनाएका छन्।

२९७ औं पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भुलेर,अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विस्मरण गर्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको उल्लेख गरे।

पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुरुप व्यवहार नगर्दा मातृभूमिको अस्तित्वमा घात-प्रतिघातको कालो बादल मडारिरहेको बताउदै राजनीतिक दलहरुप्रति असन्तोष पोखे ।

राजनीतिक दलप्रति इंगित गर्दै शाहले वाद र विचारका आडमा नेपाली-नेपालीबीच फाटो पैदा गरेको आरोप लगाएका छन्। ‘दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने जस्ता कार्य कुनै वाद र विचारका आड मा गरिनु हुँदैन,’ उनले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal