मनोरञ्जन

नायक आकाश एसियाकै सर्वाधिक ह्यान्सम लिस्टमा

नायक आकाश एसियाकै सर्वाधिक ह्यान्सम लिस्टमा

नेपालका नायक आकाश श्रेष्ठ यतिबेला एसियाकै सर्वाधिक ह्यान्सम लिस्टमा परेर चर्चामा रहेका छन् । वसमन टप वानको लागि भोटिङ लाइन सुरु भएको छ ।

केहि समय अगाडी एसियाको ‘एक सय सेक्सियस्ट म्यान इन द वल्र्ड २०१८’को लिस्टमा आकाश परेका थिए भने अहिले एक अनलाइनले सय जना पुरुषहरुलाई राखेर भोटिङ सुरु गरेको छ ।

आकाशलाई टप वानमा पुराउनको लागि भोट गर्नुपर्ने छ । पिनो पावर नामक अनलाइनमा राखिएको भोटिङ अनुसार आकाश हाल सम्म सार्वजनिक भोट लिस्टमा अगाडि रहेका छन् ।

फिल्म ‘रामकहानी’ खेलेपछि आकाशको फ्यान फलोअर्स राम्रो छ । त्यसैलेपनि भोटिङका आधारमा आकाश एसियाकैै ह्यान्डसम पुरुष बन्ने सम्भावना निकै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal