शिक्षा

जम्मा ‘४० नम्बर’ पनि ल्याउन नसक्दा ८ हजार अस्थायी शिक्षक फेल

जम्मा ‘४० नम्बर’ पनि ल्याउन नसक्दा ८ हजार अस्थायी शिक्षक फेल

शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्। आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्।

उनीहरुले पास हुन चाहने न्यूनतम जम्मा ४० अंक पनि ल्याउन सकेनन्

शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो। कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन्।

आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए। ती मध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन्। यो खबर कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal