मनोरञ्जन

आमिर खान ‘फरेस्ट गम्प’को हिन्दी रिमेक बनाउदैँ

आमिर खान ‘फरेस्ट गम्प’को हिन्दी रिमेक बनाउदैँ

बलिउड अभिनेता आमिर खान यति बेला नयाँ फिल्मको तयारीमा छन् । खबरहरुका अनुसार अभिनेता खान सन् १९९४ को हलिउड क्लासिक फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक बनाउने तयारी गरिरहेका छन् ।

यस फिल्ममा आमिर खान टम ह्यांक्सले निर्वाह गरेको भूमिकामा देखिनेछन् । जो यस फिल्ममा एक साधारण व्यक्तिको भूमिकामा देखिएका थिए । यो फिल्म राजनिति, इतिहास, खेल, युद्ध, प्रेम, पीडाको समिश्रण रहेको एक उत्कृष्ट कहानीमा आधारित छ ।

आमिर खान प्रोडक्शनले गएको वर्ष प्यारामाउण्ट पिक्चर्ससँग यस फिल्मको अधिकार खरिद गरिसकेको थियो । साथै अभिनेता आमिर खान अभिनेता टम ह्यांक्सबाट प्रभावित छन् । साथै आमिरको अभिनय शैली पनि टम ह्यांक्सबाटै सापटी लिएको भन्ने चर्चा पनि बेला बेलामा हुने गर्छ ।

फिल्म ‘फरेस्ट गम्प’ का मुख्य पात्र फोरेस्टको दिमागले कम काम गर्छ । यति हुँदाहँुदै पनि उसले जीवनमा सफलता प्राप्त गर्दै एक ऐतिहासिक पुरुष बन्न सफल हुन्छ । तर उसको साँचो प्रेमले उसलाई छोडेर जान्छ ।

त्यस समयमा यस फिल्मले ओस्कर अवार्डका १२ वटा नोमिनेसनमा पर्न सफल भएको थियो भने ६ वटा विभिन्न विधामा ओस्कर अवार्ड जितेको थियो । यो फिल्म लेखक विन्स्टन ग्रूमको सन् १९८६मा प्रकाशित उपन्यासमा आधारित थियो । अभिनेता टम ह्यांक्सले यसै फिल्मबाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal