राजनीति

मन्त्री जमरकटेलले दिए : पत्रकारलाई जेेल हाल्नेे चेतावनी

मन्त्री जमरकटेलले दिए : पत्रकारलाई जेेल हाल्नेे चेतावनी

तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारलाई जे पनि लेख्नका लागि छुट नभएको बताउदै जे पनि लेख्दै गएमा जेलसम्म हाल्ने चेतावनी दिए ।

अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारहरुले ‘मन्त्रीले तेलको पैसा खाएको’ जस्ता सरकार विरुद्धमा समाचार लेखेको आरोप लगाए ।

संसदमा प्रधानमन्त्रीले संबोधन गर्नुभएको कुरामा आफ्नो समर्थन रहेको बताउँदे उहाँले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिँदै पत्रकारले जे गरे पनि छुट नहुने बतााए ।

कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मुख्यमन्त्री कार्यालयका कानुन सचिब इन्दिरा दाहाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, सर्वोच्च अदालत कानुन व्यवसायी संघका कोषाध्यक्ष सरोज घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal