राजनीति

अब १० वर्ष देश बिकास गरेर स्वर्ग जाने विचार छ : प्रचण्ड

अब १० वर्ष देश बिकास गरेर स्वर्ग जाने विचार छ : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देश सम्वृद्ध बनाएर माथी (स्वर्ग) जाने बिचार रहेको बताएका छन् ।

नारायणगढ नारायणी नदी किनारमा आयोजित १२ औँ चितवन महोत्सवको बुधवार उद्घाटन गर्दै दाहालले भने ‘१० वर्ष सम्वृद्धिको काम गरेर माथि जाने विचार छ । सम्वृद्धि जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ । लिबरल ईकोनोमिबाट गरे पनि हुन्छ ।’

दाहालले विकासको लागि चिनियाँ नेता माओको नभएर देङस्याओ पिङको नीति उपयुक्त भएको बताए । ‘क्रान्तिपछि विकासको सन्दर्भमा चीनमा पहिला माओत्सेतुङले अगाडी सारेको एउटा मोडेल थियो । त्यसको ठाउँमा अर्का नेता देङले बिरालोको मुख्य काम मुसा मार्ने हो कालो सेतो जे भए पनि केही फरक पर्दैन भनेर विश्वमै चर्चा कमाएको त सबैलाई थाहा नै छ ।’

चीनमा देङकै मोडलले विकास चरम गतिमा भएको हुँदा नेपालमा पनि आफूहरू त्यही नीतिमा रहेको दाहालले बताए देश र जनतालाई धनी र सम्बृद्ध बनाउन नसके कम्युनिस्ट पार्टीको काम पनि छैन भनेर यो अवधारणा आएको थियो’ दाहालले भने ।

आफूहरूलाई पनि अहिले बिरालो सेतो र कालो जे भए पनि केही मतलब नभएको दाहालले बताए । ‘हुनु पर्‍यो विकास । यदि विकास निर्माण र सम्वृद्धिको जनचाहनालाई र इतिहासको आवश्यकतालाई हामीले पूर्ति गर्न नसक्ने हो भने नेपालमा पनि कम्युनिस्ट पार्टीको केही पनि काम छैन’ दाहालले भने । निजी क्षेत्रको आवश्यकतालाई आफूहरूले अपरिहार्य देखेको हुँदा निजी क्षेत्र पनि विकासमा अग्रसर बन्न उनले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal