मनोरञ्जन

बिवादमा श्रृंखला : मिस नेपाल कि मिस क्रिश्चियन ?

बिवादमा श्रृंखला : मिस नेपाल कि मिस क्रिश्चियन ?

होली वाइन प्रकरणमा मुछिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वपंक्ति त्यसबाट उम्कन सकेको छैन । नेपालमा कम्युनिष्टहरुले नै क्रिश्चियन धर्मलाई बढावा दिने गरेको चर्चा चलिरहेकैै छ।

त्यस्तै हालै चीनमा सम्पन्न मिस वल्डमा आफ्नो राम्रो क्षमता देखाएर चर्चामा आएकी मिस नेपाल श्रृंखला खतिवडा पनि क्रिश्चियन धर्मलाई बढावा दिएको भन्दै बिवादमा परेकी छिन् ।

देशकी एक प्रतिनिधि सेलिब्रिटी धार्मिक आवरणमा प्रचारजन्य क्रियाकलापमा देखिएपछि उनको सामाजिक संजालमा आलोचना हुन थालेको हो ।

उनि धार्मिक आवरणमा क्रश्चियन मुभमेन्टको सहयोगीको रुपमा देखिएकी छिन्। उनले जाडो ढाक्ने बहानामा क्रिश्चियन धर्म झल्कने टोपी बाँडेर विवादलाई निम्तो दिएकी हुन् ।

सामाजिक संजालमा मिस नेपालले धार्मिक प्रचार हुने खालका टोपी बाँड्न मिल्छ ? भन्दै प्रश्न गरिएको छ ।
यदि यो सत्य हो भने उनी ‘मिस नेपाल या मिस क्रिश्चियन ?’ भनी आक्रोशसमेत पोखिएको छ ।

डोनरले दिएर उनले टोपी बाँडेकी होलिन् । तर उनीमाथि प्रश्न भने तेर्सिएको छ । आर्किटेक्ट इन्जिनियर श्रृंखला बौद्धिक छिन् । उनले भोलिका दिनमा प्रधानमन्त्री हुने लक्ष्य छ पनि भनेकी छिन् । तर यस्ता कुरामा ख्याल नगरी अगाडि बढ्ने हो भने उनको ख्यातिमा अहिलेदेखि नै धमिरा लाग्ने निश्चित छ ।

के पढेकी विद्धानलाई ‘बालबालिकाको जाडो क्रिश्चियनको टोपीले लैजान सक्दैन भन्ने थाहा छैन ?’ सामाजिक संजालमा सोधिएको छ।

प्रतिक्रिया दिनुहोस