अन्तर्राष्ट्रिय

भारतमा गरिब बाहुन क्षेत्रीलाई पनि आरक्षण दिने मोदीको घोषणा

भारतमा गरिब बाहुन क्षेत्रीलाई पनि आरक्षण दिने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च जातका गरिबलाई लक्षित गरी रोजगारीका केही हिस्सा छुट्टाउन लागिएको योजना घोषणा गरेको छ।

भारतमा निम्न तथा सुविधाविहीन गरिब समुदायका लागि सरकारी कार्यालयमा रोजगारीका केही स्थान सुरक्षित गरिएको थियो भने शैक्षिक संस्थामा पनि उनीहरूलाई सीमित स्थान सुरक्षित गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो योजनाअनुसार वार्षिक आम्दानी ६६ हजार भारतीय रुपैयाँभन्दा कम भएका परिवारका सदस्यलाई कोटा छुट्याइने भएको हो। हाल रोजगारीका अवसर र क्याम्पसमा पढाइका लागि ५० प्रतिशत कोटाको व्यवस्था गरिने योजना सरकारको छ।

भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले योजनालाई सोमबार अनुमोदन गरेको छ। यसलाई संसद्का दुवै सदनबाट अनुमोदन गराउन आवश्यक छ।

एक महिनापूर्व भएको राज्यसभाका निर्वाचनमा उसले कम सिट ल्याएको थियो। मोदीले बिस्तारै गुमाउँदै गरेको जनमत पुनः आफ्नो पकडमा ल्याउन यो चाल चालेका भन्ने आलोचकहरूको भनाइ छ। भारतमा आगामी मेमा विधान सभाका लागि निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस