मुख्य समाचार

सुमार्गीले पैसा झिकिसकेे तर सर्वोच्चले भन्यो ‘नझिक्नु’

सुमार्गीले पैसा झिकिसकेे तर सर्वोच्चले भन्यो ‘नझिक्नु’

मुक्तिश्री सिमेन्टका नाममा आएको पैसा फुकुवा गर्न संचालक अजयराज सुमार्गीले मागेको आदेश दिन सर्वोच्च अदालतले पुन: अस्वीकार गरेको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको इजलाशले मुक्तिश्रीको नाममा आएको रकम अर्को आदेश नभएसम्मका लागि निवेदकले माग गरेबमोजिम भुक्तानी दिलाउन तथा खाता संचालनमा कुनै पनि अवरोध नगर्न नगराउन भनेको थियो।

सोही इजलाशले मंगलबारका लागि दुवै पक्षलाई बहसका लागि झिकाएको थियो। मंगलबार दुवै पक्षको बहस सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. आनन्द मोहन भट्टराईको इजलाशले पुरानो निर्णय खारेज गर्दै अन्तरिम आदेश दिन नमिल्ने बताएको हो।

सो इजलाशले अन्तरिम आदेश जारी हुनुपुर्वकै अवस्थामा निर्णय कायम राख्न भनेको हो।

सोबीचमै रकम झिक्न बाटो खेलिदिएपछि सुमार्गीले बैंकबाट रोक्का रहेको सबै ७५ लाख अमेरिकी डलर झिकिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal