मनोरञ्जन

बेहुली बनिन् विनु

बेहुली बनिन् विनु

लोकप्रिय बेली डान्सर विनु शाक्य बेहुली बनेकी छिन् । उनी रियल लाइफका लागि नभएर रिल लाइफका लागि बेहूली बनेकी हुन् ।

बिशेष गरि स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको जित्न सफल विनु एक भिडियोका लागि मोडल कमल सिंहको बेहुली बनेकी हुन् । राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छी हे कान्छी’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्र्याएका हुन् । कृष्णभक्त महर्जनको शब्द, संगीत रहेको गीतको भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ ।

ललितपुरको फर्पिङमा सोमबार छायाँकन गरिएको भिडियोमा विनुले कोरसँगै गुनियो चोली लगाएर नृत्य समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal