मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई ब्यंग्य : रानीपोखरीमा फुटबल प्रतियोगिता

प्रधानमन्त्री ओलीलाई ब्यंग्य : रानीपोखरीमा फुटबल प्रतियोगिता

मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल प्रतियोगीता नै गरेका छन् । प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका हुन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।

देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए । ‘विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप हामीले रानीपोखरीमा फुटबल खेलेका हौं’ उनले भने

रानीपोखरी पुननिर्माणका लागि त्यहाँको पानी सुकाए पनि हाल पुनर्निर्माणको काम भएको छैन, त्यहाँ चउर र झाडी बनेको छ । चन्द्र आले/अनलाइनखबर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal