मनोरञ्जन

विष्णु माझी : सुन्दरमणीसँग बिहे, जुम्ल्याहा सन्तानकी आमा, एउटै गीत गाएको ५० हजार

विष्णु माझी : सुन्दरमणीसँग बिहे, जुम्ल्याहा सन्तानकी आमा, एउटै गीत गाएको ५० हजार

गायिका विष्णु माझी र गायक तथा संगीतकार सुन्दरमणि अधिकारीबीच विवाह भएको पुष्टि भएको छ । २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा उनीहरूले सुटुक्क विवाह गरेका थिए । त्यसका साथै उनीहरूले तत्कालीन लेखनाथ नगरपालिकाको वडा नम्बर–९ हालको पोखरा महानगरपालिका वडा नम्बर–३१ को कार्यालयमा २०६९ मंसिर ५ गते विवाह दर्ता गरेको प्रमाण वडा कार्यालयमा सुरक्षित रहेको भेटिएको छ ।

गायिका विष्णु माझी गुमनाम छिन् तर उनी लोकदोहोरी क्षेत्रकी सर्वाधिक महँगी गायिका हुन् । विष्णु माझीले एउटा गीतका लागि ५० हजार रुपैयाँ लिने गरेकी छिन् । यदि कसैले ४९ हजार ९ सय ९९ सय रुपैयाँ दियो भने पनि उनी त्यो रकम बुझ्दिनन् । विष्णु माझीको पारिश्रमिक अत्यधिक भएकाले एकदमै थोरैले मात्र उनीबाट गीत रेकर्ड गराउने सामथ्र्य राख्छन् ।

माझीले महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् । उनी निकट एक व्यक्ति भन्छन्, ‘महिनामा कम्तीमा २ लाख रुपैयाँ कमाउनुहुन्छ, किन मिडिया चाहियो ? किन चाहियो फ्यान ?’

गायिका विष्णु माझीले तीन वर्षअघि जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । उनी सुत्केरी हुँदा झन्डै तीन महिना जति बेगनास गएर बसिन् । त्यतिबेला बच्चा हुर्काउन सजिलो हुने भएकाले उनी गाउँमै लामो समय बसेको बताईन्छ । —साप्ताहिकको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal